सेती प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १७ जनामा कोरोना भाइरस परीक्षण पुष्टि भएको छ । उक्त प्रयोगशालामा १६९ नमूनाको परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा अस्पतालमा ४ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा २५ जना संक्रमित उपचाररत छन्।

अस्पतालमा ६ जनाको आसीयुमा उपचार भइरहेको छ,भने ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।


२३ साउन २०७८, शनिवार १३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु