धनगढी-गोदावरी साईकल -याली सुरु

धनगढी-गोदावरी साईकल  -याली २०७८ सुरु भएको छ । आरडि कालिका सप्लायर्स प्रालि धनगढीको आयोजनामा शनिबार साईकल  -याली सुरु भएको हो ।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धृनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल  -यालीको आयोजना  गरिएको हो ।

सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल  -याली सुरु भएको आयोजकले जनाएको छ ।

फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिबार बिहान साढे ७ बजे धनगढीको चौराहाबाट गोदावरी  प्रस्थान भईसकेको बताए ।  त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।पछिल्लो पटक पर्यटकको संख्यामा वृद्धि भएसगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाई गर्ने कार्यतालिका रहेको जनाएको छ ।

सो साईकल  -यालीमा विश्व धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहको छ ।

साईकल -यालीको अवसरमा प्रित ट्रयाक्टर खरिद गर्ने ग्राहकहरुलाई विषेश अफरको समेत व्यवस्था गरेको आयोजकले जनाएको छ ।

 


२३ साउन २०७८, शनिवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु