टनकपुर ब्यारेजनजिकै नेपाली युवक मृत भेटिए

नेपाली युवक मृत भेटिएका छन् । सोही क्षेत्रका स्थानीय २० वर्षीय कमल वड टनकपुर ब्यारेजको दक्षिणतर्फका जंगलमा शुक्रबार राति मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेका अनुसार वड साउन २० गतेदेखि सम्पर्कविहीन थिए । उनको खुट्टामा चोट देखिएको छ । जंगलमा झाडीभित्र शव भेटिएको उनले बताए ।

बुधबार साँझ वडसँगै घुम्न गएका स्थानीय मनोज भट्ट र गणेश आउजीसहित ४ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको डीएसपी न्यौपानेले बताए । भारतीय क्षेत्रमा रहेको शव ल्याउने विषयमा भारतीय प्रहरीसँग समन्वय भइरहेको उनले बताए ।


२३ साउन २०७८, शनिवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु