punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ता बढ्दै

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको संख्यामा बृद्धि हुँदै गएको छ । बिगत ११ महिनाको अबधिमा तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् ।

प्रदेश प्रहरी कार्यालय डोटीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ को ११ महिनामा तीन सय १९ पुरुष, १५ महिला र ९ जना भारतीइ नागरिक गरी तीन सय ४३ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका हुन् ।

सबै भन्दाबढी कञ्चनपुरमा १९६ र कैलालीमा १२७ जना पक्राउ परेका छन् । यस्तै दार्चुला र बैतडीमा ५/५, बाजुरामा ४, बझाङमा तीन, डोटीमा २ र अछाममा एक जना पक्राउ परेका छन् । डडेल्धुरामा भने कोही पक्राउ नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रयोगकर्तामा १६/१७ वर्षको उमेर समूहका युवाहरु बढी रहेका प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भरतबहादुर चौधरीले बताए । प्रदेश प्रहरीको तथ्यांकअनुसार २ सय २१ मुद्दा लागुऔषध सम्बन्धीका छन् ।

लागुऔषध प्रयोगकर्ताहरुलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउदै आएको छ। तर कारोबारीहरुलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले कारोबारी र प्रयोगकर्ता एकै हुने गरेको बताए ।

लागुऔषध रोकथामका लागि विभिन्न संघसंस्था तथा प्रहरीले जनचेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगर र ट्याबलेटको ओसारपसार बढ्दो क्रममा रहेकोले रोकथाममा चुनौति थपिएको प्रहरीको भनाई रहेको छ ।


९ साउन २०७८, शनिवार ०६:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु