punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको भीमदत्तमा आठ करोड लगानीमा खानेपानी आयोजना सञ्चालन

Chaupati
safha napa

कञ्चनपुर । भीमदत्त नगरपालिका-१८ सालघारीमा भगतपुर निम्बुखेडा खानेपानी तथा सरसफाई आयोजना सञ्चालनमा आएको छ ।

सात करोड ८९ लाखको लागतमा निर्माण भएको खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो जसमा स्थानीय उपभोक्ताले एक करोड ४३ लाख रकम व्यहोरेका छन्। खानेपानी आयोजनाबाट पाँच सय बढी बासिन्दा लाभान्वीत भएका छन्। आयोजनाका लागि चार सय ५० घनमिटर क्षमताको ओभर हेड टयाङ्की निर्माण गरिएको छ।

खानेपानी वितरणका लागि झण्डै ४० हजार मिटर पाइपलाइन बिछ्याउने लक्ष्य लिइएको छ। वडा अध्यक्ष राजेन्द्र पाण्डेयले तत्कालका लागि पाँच सय घरधुरीमा खानेपानीका धारा जडान गरिएको बताए। “उपभोक्ताको आवश्यकता हेरी खानेपानीको पाइपलाइन विस्तारको कार्यलाई निरन्तरता दिन्छौ”, उनले भने, “उपभोक्ता समेत थपिँदै जान्छन्।”


२६ असार २०७८, शनिवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु