अछाममा किशोरीहरुलाई सेनेटरी प्याड निर्माण तालिम

अछाममा किशोरीहरुलाई सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम दिन लागिएको छ। जिल्लाको साँफेबगर नगरपालिकाका माध्यामिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सो तालिम दिन लागिएको हो।

शिक्षा युवा तथा खेलकुद शाखा बहुक्षेत्रीय पोषण योजनाको आयोजनामा सञ्चालित दुई दिने तालिम शुक्रबारदेखि सुरु गरिएको बताइएको छ। तालिममा १४ वडाका २८ जना किशोरीहरुको सहभागिता रहेको जनाइएको छ।


२६ असार २०७८, शनिवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु