punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा अन्तरजातीय विवाहको २१ दिनपछि घर पुग्यो जोडी

Chaupati
safha napa

कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेको जोडी २१ दिनपछि घर फर्किएको छ। शुक्रबार युवतीका आफन्तले छलफल गर्ने भन्दै घर बोलाउन आग्रह गरेका थिए।
सोही आग्रहपछि अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल घर फर्किएका थिए। घर पुगेपछि मालतीलाई उनका आफन्तले फिर्ता लगेका छन्।

छलफल गर्ने सहमतीपछि हामी घर फर्केका थियौँ। तर घर पुग्नासाथ मालतीलाई जवरजस्ती लगेर गएका छन्। मलाई अहिले इलाका प्रहरी कार्यालय भजनीमा बोलाएका छन्। म गइरहेको छु,’ प्रकाशले भने।

उनीहरुले यसअघि गाउँमा कसैले पनि अन्तरजातीय विवाह स्वीकार नगर्ने भन्दै जंगलमै लुकेर बसेका थिए। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नरबहादुर साउँदले दुबै पक्षलाई कार्यालयमा बोलाइएको बताए।


२५ असार २०७८, शुक्रवार १८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु