अनेरास्ववियु आन्दोलित, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन
एमाले निकट अनेरास्ववियु कैलालीले शुक्रबार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
विद्यार्थी तथा शिक्षकलाई कोरोना खोप दिई पढाई, परीक्षा र शैक्षिक सत्र सुचारु गर्नुपर्ने भन्दै विद्यार्थीहरूले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरूले मुख्यमन्त्री कार्यालयको गेटबाहिर व्यानर र प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् ।
२५ असार २०७८, शुक्रवार १९:२० बजे प्रकाशित































