punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु, एक जना घाइते

Chaupati
safha napa

ट्र्याक्टर दुर्घटनामा हुँदा अछाममा एक जनाको मृत्यु भएको छ । अछामको बान्नीगढी जयगढ गाउँपालिका र ४ तिमिल्सैन नावली नजिकै ट्र्याक्टर दुर्घटना हुँदा २४ बर्षिया सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट वडा नम्बर ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएको बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बोहराको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि पूर्ण ठकुल्ला घाइते भएको छन् । उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।


१७ असार २०७८, बिहीवार ११:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु