punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उप–महानगरपालिकाको नीति,कार्यक्रम तथा बजेट पारित

Chaupati
safha napa

धनगढी उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक नीति , कार्यक्रम तथा बजेट बिहीबार नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ ।

उप–महानगरपालिकाले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक नीति , कार्यक्रम तथा बजेट असार ८ गते सातौं नगरसभामा पेश गरेको थियो । नीति , कार्यक्रम तथा बजेट माथी नगरसभाका सदस्यहरुले ३ दिन सम्म छलफल गरेको नगरसभाका अध्यक्ष तथा धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए ।

नगसभामा नीति , कार्यक्रम तथा बजेट माथी राम्रो गरि छलफल भयो ,नगरप्रमुख वडले भने, ‘ सझावहरुलाई समेट्दै नगरसभाले सर्वसम्मत पारित ग¥यो ।’ सबै जनप्रतिनिधीहरु इमान्दार साथ जनताको सेवामा खटिएका छन् नगरप्रमुख वडले भने, ‘ विकास निर्माणका कामहरु पनि चुनावको समयमा गरिएका प्रतिवद्धता अनुसार गरिएको छ , भैरहेको छ ।’ नगरप्रमुख वडले नीति उपमहानरपालिकाको भिजन भएकाले एकै बर्षमा पुरा नहुने बताए ।’

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले नगरसभामा सक्रिय भएर छलफलमा सहभागिता जनाउनु भएकाले नगरसभा सदस्यहरुलाई धन्यवाद दिईन । नगरसभा सदस्यहरुले निकै सुन्दर सुझाव दिएका छन् यसलाई सभाले ग्रहण गरेको छ उप–प्रमुख भट्टले भनिन्, ‘ सुझावले नीति , कार्यक्रम तथा बजेटलाई पूर्ण बनाएको छ । ’

उप–महानगरपालिकाले नगरसभामा १ अर्व ८१ करोड २८ लाख २२ हजार १ सय बजेट पेश गरेको थियो ।  जसमध्य चालुतर्फ १ अरव २ करोड ८० लाख ७० हजार र पुँजीगत तर्फ ७८ करोड, ४७ लाख ५१ हजार रहेको छ ।


१० असार २०७८, बिहीवार १९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु