बेदकोट नगरपालिकाले ल्यायो ८३ करोड ९२ लाखको बजेट
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८-०७९ का लागि ८३ करोड ९२ लाखको बजेट ल्याएको छ । बिहीबार ९ औँ नगर सभामा उप प्रमुख शुशिला सिहले बजेट तथा प्रमुख अशोक कुमार चन्दले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगर सभाले प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उप प्रमुख सिहले प्रस्तुत गरेको बजेट पारित गरेको हो । बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले आगामी आर्थिक बर्षमा कोरोना महामारी जित्नका लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखिएको बताए ।
मेयर चन्दले यसका साथै नगरको सम्बृद्धिका लागि स्वास्थ्यका साथै शिक्षा, पूर्वाधार, उद्यम, रोजगार, पर्यटन लगायतको एकिकृत विकासका योजना ल्याएको बताए । नगर सभाले मुख्य प्राथमिकता शिक्षा , स्वास्थ र पुर्वाधारमा दिइएको छ। नगर अस्पताल निर्माण , कोल्ड स्टोर निर्माण , कालोपत्र सडक निर्माण , पर्यटन पुर्वाधार , सिचाइ बोरिङ्ग, नदि तटबन्द, बेदकोट र सुडा रेडक्रस भवन निर्माण , मेस वायरका योजना ल्याएको छ ।
१० असार २०७८, बिहीवार १९:५१ बजे प्रकाशित































