punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौरपाटी गाउँपालिकाले ल्यायो ४२ करोडको बजेट

Chaupati
safha napa

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ४२ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । नवौं गाउँसभाबाट नगरपालिकाले बिहीबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष माया कुवँरले आर्थिक वर्ष २०७८÷७९ का लागि कुल ४२ करोड ३ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त सशर्त अनुदान १९ करोड ५८ लाख, बित्तिय समानीकरण अनुदानबाट ९ करोड ५४ लाख, बिशेष अनुदान ५४ लाख, समपुरक अनुदान ५४ लाख, राजश्व बाँडफाड ८ करोड ६९ लाख ७९ हजार रुपैयाँ अनुमान गरेको छ ।

यसैगरी प्रदेश सरकारबाट बाँडफाँट हुने वित्तीय समानीकरण अनुदान ६५ लाख ५२ हजार, बिशेष अनुदान ५० लाख, समपुरक अनुदान ५४ लाख ९३ हजार, राजस्व २३ लाख ६४ र आन्तरिक आय १ करोड २० लाख रुपैयाँ प्राप्त हुने बजेट अनुमान गरेको छ ।


१० असार २०७८, बिहीवार १९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु