पुनर्वासमा अटो पल्टिदा एक जनाको मृत्यु, एक गम्भिर घाईते
कञ्चनपुर : कञ्चनपुरमा अटो पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
जिल्लाको पुनर्वास नगरपालीका ५ भुटनदेवी मन्दिर नजिकै रिक्सा पल्टिदा पुनर्वास ४ निवासी रिक्सा चालक वर्ष ३५ का अर्जुन धामीको मृत्यु भएको हो, भने सोही ठाँउका बर्ष ६४ का लक्ष्मी ढकाल घाईते भएका छन ।
तिब्र गतिमा आइबिआरडीबाट धनगढी तर्फ गईरहेको सु.प.प्र.०१००१ ह ३०८१ नम्बरको रिक्सा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जर्नाएको छ । घाइतेको दाहिने हात र देब्रे खुट्टा भाँचिएको छ । उनलाई उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
मृतक अर्जुन धामीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रादेशिक अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज वकिल बहादुर सिंहले बताए ।ईलाका प्रहरी कार्यालयका ईञ्चार्ज वकिल बहादुर सिंहले बताए ।
२४ फागुन २०७६, शनिवार १३:०६ बजे प्रकाशित













