बैतडीमा जिप दुर्घटना हुदाँ एकको मृत्यु

बैतडी : धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको बोलेरो जिप बैतडीको पाटन नगरपालिका ६ खोड्पेको पनतोली मोडमा आइतबार बिहाम सवा दुई बजेतिर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन ।

चालक दार्चुला दुहुँ गाउपालिका २ बस्ने बर्ष ३५र३६ को धन सिंह बडालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिप सडकबाट २ सय ५० मिटर तल खसेको बताउदै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले घाईतेको उद्दार गरी प्राथमिक स्वास्थ्य केन्द्र पाटन बैतडीमा पठाई उपचार भई रहेको बताए ।

जिप दुर्घटनामा घाइते भएका दार्चुला दुहु गाउपालिका ४ बस्ने वर्ष २० कि हेमन्ती बम, ३ खेती बस्ने वर्ष २२ कि द्रोपती जोशी, ४ खिमडी बस्ने वर्ष २३ को सुरेन्द्र बम, २ हिकिला बस्ने वर्ष ३८ को हरक सिंह बडाल, ४ बस्ने वर्ष ४१ को प्रेम बल्लब जोशी र दुहु ४ कै वर्ष ४१ को धन राज जोशी रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए । उनले घाइते मध्ये बडालको अवस्था गम्भीर रहेको बताए ।


२५ फागुन २०७६, आइतवार ०१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु