punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टबाट राजनीतिक नैतिकता सिक्न भीम रावलको आग्रह

Chaupati
safha napa

काठमाडौं । विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् ।

‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,’ रावलले लेखेका छन् । भट्टलाई एमालेका १७ सांसदले मत दिएका थिए । माधवकुमार नेपाल समूहका १७ सांसदले मतदान गरेपछि भट्टले मुख्यमन्त्रीमा ३० मत पाएका थिए ।

५१ सदस्यीय प्रदेशसभामा बहुमत पाउन २६ सांसद आवश्यक पर्थ्यो । तर नेता नेपाल समूहका १३ र माओवादी केन्द्रको १३ मत मुख्यमन्त्री भट्टले पाए । १२ सिट रहेको नेपाली कांग्रेस तटस्थ बस्यो भने एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सात र जनता समाजवादी पार्टी (जसपा) का दुई गरी ९ जना सांसदले विपक्षमा मतदान गरे ।


२५ जेठ २०७८, मंगलवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु