punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अपडेट : १ सय ५४ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढीमा गरीएको कोरोना परीक्षणमा मंगलवार थप १ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३ सय ५५ नमूना परीक्षण गर्दा १ सय ५४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढीका ५१ जना,धनगढीबाहेक कैलालीका ५७ जना र अन्य जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा ३३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

जसमध्ये ३ जना भेन्टिलेटरमा, १२ जना आइसियूमा, २० जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने १ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने १० जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


२५ जेठ २०७८, मंगलवार १५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु