punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय सभा उपनिर्वाचन : ४ मन्त्रीको मतदान रोक्न निर्वाचन आयोगमा निवेदन

Chaupati
safha napa

अदालतमा मुद्दा विचाराधीन रहेका चार सांसदलाई मतदानको अधिकार दिएपछि लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनका लागि चार संसादलाई मतदानको अधिकार नदिन निर्वाचन आयोगमा निवेदन परेको छ ।

विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेलेआयोगमा निवेदन दिएका हुन् । यता दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्रमा विहान ९ बजेबाट मतदान गर्ने क्रम जारी छ ।

निर्वाचन आयोगले अन्तिम समयमा ४ जनालाई मताधिकार दिने निर्णयले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै निवेदन दिएको माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए ।

पार्टीले कारवाही गरेपछि जनता समाजवादी पार्टीका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे लम्साल र सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

पदमुक्त भएपछि उनीहरु सर्वोच्च अदालत गएका थिए । अदालतले अन्तरिमकालीन आदेश दिँदै पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आ​धारमा अन्तिम नामावली प्रकाशित हुँदा चार मन्त्रीहरुको नाम थिएन । तर हिजो साँझ आयोगले उनीहरुको पनि नाम समावेश गरेको सूचना जारी गरेपछि विपक्षी गठबन्धनले विरोध गरेक हो ।

एमालेबाट चन्द्रबहादुर खड्का र काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय सम्मिलित गठबन्धनबाट काँग्रेसका पाण्डेले उम्मेदवारी दिएका छन् ।

 


१७ जेठ २०७८, सोमवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु