सेती अस्पतालको पोष्ट कोभिड ओपिडी सेवा आज देखि संचालनमा
सेती प्रादेशिक अस्पतालले कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालनमा ल्याएको छ ।
अस्पतालले कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई सेवा लिन अनुरोध गरेको छ । अस्पतालले एक सूचना प्रकाशित गरि पोष्ट कोभिड ओपिडी संचालनमा ल्याएको जानकारी दिएको हो ।
ओपिडी सेवा शनिबार बाहेक बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
१७ जेठ २०७८, सोमवार १०:३० बजे प्रकाशित













