punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा गरिएको परीक्षणमा थप २३५ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल धनगढीमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालमा ७४८ जनाको नमुना परीक्षण गर्दा थप २३५ जनामा कोरोना संक्रमण पुस्टि भएको हो। त्यस्तै ५१३ जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी गराए।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको उनले जानकारी गराए ।

हाल अस्पतालमा ४७ जना संक्रमित उपचाररत छन्। अस्पतालमा १३ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालले जनाएको छ।


१६ जेठ २०७८, आइतवार १५:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु