ओलीले बोलाए स्थायी कमिटी बैठक
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी जानकारी गराए ।
बैठकको एजेन्डाबारे जानकारी नभएको उनले बताएका छन । यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।
१६ जेठ २०७८, आइतवार १२:५६ बजे प्रकाशित













