punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिलालाई आगो लगाउने व्यक्ति अझै पक्राउ पर्न सकेन

Chaupati
safha napa

आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै पक्राउ पर्न सकेका छैनन् । 

उनी आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्ज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीक अनुसार आगो लगाउने व्यक्तिको खोजी कार्य जारी भइरहेको छ ।

लक्ष्मीलाई आगो लगाउने व्यक्तिका विषयमा प्रहरीले ९० प्रतिशत प्रमाण जुटाइसकेको उनलेे बताए । केही दिनमा प्रक्राउ गरी सबै कुरा बाहिर ल्याउने बताए ।

आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

निज महिलाको कम्तीमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न अस्पतालका चिकित्सकले जानकारी जानकारी गराए ।

आगोले जलेकी लक्ष्मीको अवस्थाका सुधार हुँदै आएको उनले बताए ।

घटना घटेलगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेकाले प्रहरीले उनीमाथि शङ्का गरेको हुनसक्ने अनुमान गरिएको छ ।


१६ जेठ २०७८, आइतवार १६:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु