punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा आफन्तको मलामी गएका किशोरको नदीमा डुबेर मृत्यु

Chaupati
safha napa

बैतडीमा आफन्तको मलामी गएका एक किशोरको नदीमा डुबेर मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर १ सर्मालीस्थित पुण्लगाउँ बस्ने १७ वर्षीय महेश साउँदको नुहाउनेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मंगलबार बिहान साढे ११ बजेको समयमा आफन्तको मलामी गएका उनी माहाकाली नदीको डम्मर घाटमा नुहाउने क्रममा बेपत्ता भएका थिए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी साढे ४ बजे मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ।


१२ जेठ २०७८, बुधवार ०८:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु