सुनको मूल्य घट्यो, कति छ आज ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ घट्दैै प्रतितोला ९३ हजार पाँच सयमा झरेको छ । सुन हिजो प्रतितोला ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ । चाँदी हिजो पनि प्रतितोला सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
११ जेठ २०७८, मंगलवार ११:१३ बजे प्रकाशित













