punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अनुदानको अक्सिजन सिलिण्डरमा पनि वनमन्त्रीको तस्बिर

व्यक्तिगत ५० लाख रुपैयाँ खर्च गरेको दाबी

Chaupati
safha napa

वन तथा वातारण मन्त्री प्रेम आलेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गृहजिल्ला डोटीमा वितरण गरेका अनुदानका अक्सिजन सिलिण्डरमा पनि आफ्नो तस्बीर टाँसेर वितरण गरेका छन् ।

मन्त्री आलेले व्यक्तिगत सहयोगमा भन्दै सबै अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीमा आफ्नो तस्बीरसहितको स्टिकर टाँसेका छन् । उनले यसरी स्वास्थ्य सामग्री वितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । उनले सिलिन्डरदेखि औषघिका प्याकेटसम्ममा आफ्नो तस्बीर अंकित स्टिकरटाँसेका छन्।

मन्त्री आलेका स्वकीय सचिव भक्त आलेका अनुसार जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, सेनिटाइजर, एचडियु बेड, सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरिएको छ ।

त्यस्तै जिल्लाका नौं स्थानीय तहलाई पाँच÷पाँच वटा अक्सिजन सिलिण्डर र एचडियु बेड र सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरिएको छ।

उनकाअनुसार डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गरिएको छ। मन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा जम्मा १२५ वटा अक्सिजन सिलिण्डर पुर्याएका हुन् । जसमध्ये १५ वटा स्वास्थ्य सेवा विभागबाट पठाइएका छन् भने बाँकी ११० वटा आफ्नै लगानीमा खरिद गरिएको स्वकीय सचिव आलेले बताए ।

विभागबाट पाएका १५ वटामा सिलिण्डरमा पनि मन्त्रीले आफ्नै लगानीमा अक्सिजन भरेर ल्याएको हुँदा सबैमा आफ्नो तस्बीर टाँसेको स्वकीय सचिव आलेले बताए । उनले अक्सिजन सिलिण्डरसहित मन्त्री आलेले सुदूरपश्चिममा ५० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेको दाबी गरेका छन् ।

‘४३ लाख रुपैयाँ सिलिण्डरसहित स्वास्थ्य सामग्री खरिदमा खर्च भएको छ,’ उनले भने, ‘अक्सिजन फिलिङ, ढुवानीलगायत गरेर जम्मा ५० लाख बराबर मन्त्रीज्यूको व्यक्तिगत खर्च भएको छ । स्वास्थ्य सेवा विभागबाट प्राप्त सिलिण्डरमा अक्सिजन भर्ना नौं हजार रुपैयाँ मैले आफैले दिएको छु, मसंग सबै सामान खरिदको बिल पनि छ ।’

अक्सिजन पाउन हम्मेहम्मे भइरहेका बेला यत्रो सहयोग लिएर आउँदा पनि स्टिकर टाँसेको विषयलाई ठूलो मुद्दा बनाएर विरोध भएकोमा आफू अचम्मित भएको उनको भनाई छ ।

मन्त्री आलेले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री सोमबार गृहजिल्ला डोटीमा वितरण गरेका थिए भने मंगलबार सेती प्रादेशिक अस्पतालमा वितरण गरेका छन् ।


११ जेठ २०७८, मंगलवार १३:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु