सर्पको टोकाईबाट बैतडीमा एक बालकको मृत्यु

बिषालु सर्पको टोकाईबाट बैतडीमा एक बालकको मृत्यु भएको छ।

सर्पको टोकाइबाट जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ बस्तीका १३ वर्षीय पवन जोशीको मृत्यु भएको हो । पसलमा बसिरहेका बेला बालकलाई सर्पले डसेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

बिहीबार बेलुका सर्पले डसेका जोशीलाई गाउँमै जडीबुटी सहित उपचार गरेपनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक स्थानीय कफलाशैनी मावि पूजारीगाउँमा कक्षा ८ मा अध्ययनरत थिए।


२४ वैशाख २०७८, शुक्रवार १९:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु