नेपाली रक्तदाता संघ कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न
नेपाली रक्तदाता संघ कतारले वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली राजदूतावास कतारका दित्तीय सचिव प्रवीण भट्टराईको बिशेष उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्था नेपाली रक्तदाता संघ कतारको संयोजनमा कतारमा स्थापित विभिन्न सामाजिक संघ–संस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १०३ जना सहभागीहरूको उपस्थिति रहेको थियो ।
कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा संघका अध्यक्ष तेज कटुवालसहित ६७ जनाले रक्तदान गरे । कार्यक्रममा बोल्दै नेपाली राजदूतावास कतारका दित्तीय सचिव भट्टराईले रक्तदान पुण्यको कार्य भएको र नेपाली रक्तदाता संघ कतारको कार्य उदाहरणीय रहेको बताए ।
संघका तर्फबाट भट्टराईलाई मायाको चिनो स्वरूप अन्तराष्ट्रिय नेपाली रक्तदाता संघको भित्ते पात्रो प्रदान गरिएको थियो । अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाली रक्तदाता संघ कतारका अध्यक्ष कटुवालले यस्तो बिषम परिस्थितिमा उल्लेख्य उपस्थित जनाउनु भई रक्तदान गर्नु हुने सम्पूर्ण दाताहरू तथा सहयोगी संस्थाहरुलाई धन्यवाद तथा आभार प्रकट गरे ।
२४ वैशाख २०७८, शुक्रवार २०:०७ बजे प्रकाशित













