देशभर एकैदिन थपिए हालसम्मकै धेरै संक्रमित, ५० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर हालसम्मकै धेरै संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या हालसम्मकै धेरै हो।

शुक्रबार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको मन्त्रालउले जनाएको छ।यससंगै कोरोना भाइरस संक्रमणबाट शुक्रबारसम्म ३५७९ जनाको मृत्यु भएको छ ।

 


२४ वैशाख २०७८, शुक्रवार १८:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु