नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।
आज दिउँसो तीन बजे उपत्यकामा उपलब्ध स्थायी कमिटी सदसस्यहरुको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा भौतिक दूरी कायम गरेर बस्ने गजुरेलले बताए ।
बैठकमा कोरोना समस्या समाधानका साथै सरकारबारे धारणाका विषयमा पनि छलफल हुनेछ ।
२१ वैशाख २०७८, मंगलवार १४:३६ बजे प्रकाशित






























