गेटा मेडिकल कलेजमा आइसोलेसन सेन्टर बनाउन काम सुरू
गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण कार्य सुरू भएको छ ।
संघीय सरकारले सुदूरपश्चिमका लागि कोरोना फोकल पर्सन तोकेर पठाएका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले उक्त काम थालेका हुन् ।
जिल्ला प्रशाशन कार्यालय कैलालीले व्यवस्थापन गर्ने गरी निर्माण हुन लागेको आइसोलेसन सेन्टर बनाउन सेना र सशस्त्र प्रहरीको टोली परिचालन भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी गराए।
आइसोलेसनका लागि पूर्वाधार तयार पार्न सेना र सशस्त्र प्रहरी खटिएको उनले बताए।
सेना, सशस्त्र प्रहरी र २ नगरपालिकाले काम सुरू गरिसके उनले जानकारी गराए । स्वास्थ्य मन्त्रालयले आर्थिक सहयोग गर्ने, निर्माणका लागि स्रोत साधन सेना, सशस्त्र प्रहरीले संयुक्त रूपमा उपलब्ध गराउने कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।
२१ वैशाख २०७८, मंगलवार १३:१४ बजे प्रकाशित






























