punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको महाकाली अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १३ का २२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि सोमबार राति अस्पताल भर्ना भएका उनको इमरजेन्सी वार्डमा मृत्यु भएको श्रेष्ठले बताए ।

त्यस्तै, महाकाली अस्पतालमा उपचाररत भीमदत्तनगरपालिका १८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि ती पुरुषलाई चार दिनदेखि आईसीयूमा राखेर उपचार गरिँदै थियो ।

उनको पनि सोमबार साँझ मृत्यु भएको अस्पतालका कोभिड १९ सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले जानकारी दिए ।


२१ वैशाख २०७८, मंगलवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु