punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा कोरोनाबाट थप ६ जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। 

जिल्लाकाे धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको हो। 

महिलाको  मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी गराए। 

उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको पनि सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको छ। 

एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएकोमा उनको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। 

यस्तैगरी दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो। 

यस्तैगरी बझाङका २६ वर्षीय पुरुषको पनि गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जनाइएको छ। 

यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पीसीआर रिपोर्ट पोजेटीभ आएकोमा राति २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी जोशीले बताए। 


२१ वैशाख २०७८, मंगलवार ०८:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु