घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना पुष्टि
कैलालीको घोडाघोडी नगरपालिकामा कार्यरत ९ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ९ जना कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले बताए।
उनका अनुसार नगरपालिमा कार्यरत पाँच जना, वडा नम्बर १ मा कार्यरत एक जना, वडा नम्बर ३ मा कार्यरत दुई जना र वडा नम्बर १० मा कार्यरत एक जना कर्मचारीमा कोरोना पुष्टि भएको हो।
उनकाअनुसार सबै संक्रमितको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेका छन् । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपनि नगरपालिकाको सेवा बन्द गरिएको छैन ।
१७ वैशाख २०७८, शुक्रवार १३:४१ बजे प्रकाशित













