त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित
त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले वैशाख १४ गतेदेखिका सबै वार्षिक र सेमेस्टर परीक्षाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कोभिड १९ को दोस्रो लहर आएर विभिन्न ठाउँमा निषेधाज्ञा जारी भएकाले परीक्षा सञ्चालनमा कठिनाइ भएकाले भोलिदेखि स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षा स्थगित गरिएको
त्रिवि परीक्षा नियन्त्रकले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
यसअघि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले पूर्वनिर्धारित सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेपनि त्रिविले सोमबार परीक्षा सञ्चालन गरेको थियो ।

१३ वैशाख २०७८, सोमवार १८:२० बजे प्रकाशित













