punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मेघाकी युकीलाई ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ प्रदान गरिने

Chaupati
safha napa

यस वर्षको ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ बाल नृत्यांगना युकी कुँवरले पाउने भएकी छन् ।

नइ प्रकाशनले दस वर्ष ननाघेका बालबालिकालाई प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष युकी र समीर डङ्गोलले पाउने भएका हुन् । समीरलाई सङ्गीत र युकीलाई नृत्यतर्फ यो पुरस्कार दिइने नइ प्रकाशनले आफ्नो वेबसाईटमार्फत जनाएको छ ।

ताम्रपत्रसहितका यी दुवै पुरस्कार जनही सात हजार रुपियाँ राशिका हुन् । काठमाडौंको अनामनगरस्थित मेघा स्कुलमा कक्षा २ मा अध्ययनरत युकीले तीन वर्षको उमेरदेखि नै विभिन्न स्टेज कार्यक्रमहरूमा नृत्य गर्दै आएको उनको परिवारले जनाएको छ ।

यस्तै नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका अन्य आठजना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ प्रकाशनले सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

त्यसै गरी साहित्यतर्फ सुविन रिमाल, चित्रकलातर्फ देभान्स अग्रवाल, सङ्गीततर्फ सफलता श्रेष्ठ, नृत्यतर्फ अदिति उपाध्याय र खेलकुदतर्फ ऋषान्त घिमिरेलाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गरिने भएको छ ।

यी सबै पुरस्कार ताम्रपत्रका साथै जनही दस हजार रुपियाँ राशिका रहेको नइ प्रकाशनले जनाएको छ । त्यसै गरी पाँच वर्षीया दृश्ना महर्जनलाई ताम्रपत्रका साथै पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ समर्पण गरिने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्य सचीव नरेन्द्रराज प्रसाईले जानकारी दिए ।


१३ वैशाख २०७८, सोमवार १९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु