डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्लाको अजयमेरु गाँउपालिका १ इरानी खोलामा से २ त १४ ७२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगाका प्रेम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

ट्याक्टर दुर्घटनामा कैलालीको चुरे गाँउपालिकाका पवन सिजापती मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।


१२ वैशाख २०७८, आइतवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु