punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ३१सय ३२ जनामा कोरोना पुष्टि, २८ जनाको मृत्यु

Chaupati
safha napa

देशभर ३१ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरपिसिआर परीक्षणबाट ३०३२ र एन्टिजेन परीक्षणबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

२४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ९२९२ पिसिआर परीक्षण गरिएको
स्वास्थ्य मन्त्रालयले जनाउको छ । ७८६ को एन्टिजेन परीक्षण भएको छ ।
यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख ११९ जना पुगेको
स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ४५० जना संक्रमित कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ३१६४ पुगेको छ।


१२ वैशाख २०७८, आइतवार १७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु