धनगढीका १५ जनामा कोरोना सक्रमण पुष्टि

धनगढी उपमहानगरपालिका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ९० जनाको परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

धनगढीमा ५ जना महिला तथा ९ जना पुरुषमा संक्रमण पुष्टि भएको उनले जानकारी गराए । उनका अनुसार कैलालीकै गोदावरीका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।


१२ वैशाख २०७८, आइतवार १६:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु