चोरीका ७ मोटरसाइकल बरामद
कञ्चनपुर चोरीका ७ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
जिल्लाको विभिन्न स्थानबाट अन्दाजी ७ लाख २५ हजार बराबरको ७ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको हो ।
बरामद मोटरसाइकल आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी गराए।
२३ चैत २०७७, सोमवार १६:१७ बजे प्रकाशित












