punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरमा लाखौँको अवैध सामान बरामद, एक जना पक्राउ

Chaupati
safha napa

धनगढी।कैलाली र कञ्चनपुरमा प्रहरीले भन्सार छलि गरेर भारतबाट अवैध रूपमा भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ।

एक जनालाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा बेवारिसे अवस्थामा रहेका सामान समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानी बजारबाट अवैध रूपमा भित्र्याइएका मोबाइल सेटसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत मध्यप्रदेशस्थित रबिर जलगाउँका ३२ वर्षीय अजय सन्तराम जाधव रहेका छन्। उनलाई बुधबार इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले करिब २ लाख २० हजार रुपैयाँ बराबरका ११ थान मोबाइल सेटसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका जाधवलाई आवश्यक कारबाहीका लागि सत्ति भन्सार कार्यालय, कैलाली पठाइएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले करिब ३ लाख २७ हजार २०० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सुपरपावर, बिडी, सिष्टम तथा सिस्टम मसला लगायतका सामग्रीहरू बेवारिसे अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट पनि भन्सार छलि गरेर ल्याइएका करिब १ लाख ६९ हजार ५५० रुपैयाँ बराबरका चप्पल, कपडा लगायतका सामान प्रहरीले बरामद गरेको छ। ती सामानहरू जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।


१० वैशाख २०८३, बिहीवार १०:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु