१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट २ जना पक्राउ

कैलालीका १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्टहाउसमा सामूहिक बलात्कार गरेको आरोपमा जुम्लाका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी गराईन्।

परिचित किशोरीलाई उनीहरुले शुक्रवार साँझ गेष्ट हाउसमा बोलाएर बलात्कार गरेका हुन्।बलात्कारमा संलग्न आरोपी सो गेष्ट हाउसका कामदार रहेको बताइएको छ।


२२ चैत २०७७, आइतवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु