सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना

सुदूरपश्चिम प्रदेशमा निर्वाचन कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय स्थापना भएको हो ।
आइबार निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले कार्यालयको शुभारम्भ गरिन् ।

कार्यक्रममा निर्वाचन आयुक्त तुलाधरले संघीय संरचनाअनुसार आयोगको प्रदेश कार्यालय खोलिएको बताइन् । प्रदेशको सम्पूर्ण निर्वाचन गतिविधि प्रदेश कार्यालयबाट नै सञ्चालन हुने उनले बताइन । उनले निर्वाचन गर्नका लागि सबैको साथ आवश्यक रहेको बताइन् । ‘आवधिक निर्वाचन गर्न सबैको साथ र समन्वय आवश्यक रहेको उनले बतार्ईन ।

निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वासिलो बनाउनमा आयोग अगाडि बढिरहेको बताउँदै आफ्ना कार्यक्रमलाई पनि परिमार्जित गरेर अगाडि बढिरहेकाले त्यो परिमार्जनमा सबैको सल्लाह सुझाव आवश्यकता रहेको उनले बताइन् ।

कार्यक्रममा सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेल, कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


२२ चैत २०७७, आइतवार १५:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु