शिवाकोटी दम्पतीले लेखे ‘गोधुली चिन्तन’

हेटौंडामा स्रष्टा भोलाप्रसाद शिवाकोटी र  एस. आर मञ्जरी ओली शिवाकोटीद्धारा लिखित गजल सङ्ग्रह गोधुली चिन्तन शनिबार हेटौंडामा विमोचन भएको छ ।

झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना गर्दै सङ्ग्रह विमोचन गरिएको हो । संयुक्त लेखनमा तयार पारिएको कृति गोधुली चिन्तन मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सी रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायत मकवानपुरका साहित्यक्षेत्रका स्रष्टाहरुको उपस्थिती रहेको थियो ।

विमोचन पश्चात कृतिमाथि विमर्श गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले आफ्ना भनाइ राखेका थिए ।


२२ चैत २०७७, आइतवार ०९:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु