सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
सुदूरपश्चिम सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अजुसार प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको छ ।
राना थारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा खखडेहरा पर्व मनाउँने चलन रहेको छ।
२२ चैत २०७७, आइतवार १३:०७ बजे प्रकाशित













