भारतमा एकै दिन ८९ हजार बढीमा कोरोना संक्रमण, ७१३ को मृत्युु

भारतमा कोरोना संक्रमण भयावह अवस्थामा पुगेको छ । पछिल्लो २४ घण्टामा ८९ हजार १९ नयाँ संक्रमित भेटिएका छन् ।

७१३ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गरिरहेका बिरामीको संख्यामा ४४,१२३ को वृद्धि भएको छ । यसअघि १६ सेप्टेम्बरमा सबैभन्दा धेरै ९७ हजार ८६० बिरामी भेटिएका थिए । त्यसपछि यो आँकडा कम हुन सुरु भएको थियो ।

देशमा हालसम्म १।२४ करोड मानिस यो महामारीको चपेटमा आएका छन् । करिब १।१५ करोड निको भइसकेका छन् ।


२१ चैत २०७७, शनिवार १२:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु