पौडी खेल्न नजाँन्दा सेती नदीमा डुबेर एक युवकको मृत्यु

सेती नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सबओभरसियर पहिलो वर्षमा अध्ययनरत २२ वर्षका दिपेन्द्रसिं धामीको आज दिउँसो डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलका इन्चार्ज प्रहरी नायब निरीक्षक रूपसिं थापाले जानकारी दिए।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ स्थायी घर भएका मृतक धामी केही महिनादेखि प्राविधिक शिक्षालयमा अध्ययन गर्दै आइरहेका थिए। आफन्तकोमा पूजामा गएका मृतक धामी नदीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 


२१ चैत २०७७, शनिवार १६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु