आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो ?
शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९ रुपैंयाले बढेको छ ।
हिजो प्रतितोला ८६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ९०० रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य आज प्रतितोला ८६ हजार ९५० रुपैंया रहेको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
२० चैत २०७७, शुक्रवार १२:०२ बजे प्रकाशित













