अमेरिकामा गत वर्ष ३३ लाखको मृत्यु
अमेरिकामा कोरोनाका साथै अन्य कारणले २०२० मा ३३ लाखभन्दा बढीको मृत्यु भएको रोग नियन्त्रण एवं रोकथाम केन्द्रले बुधबार बताएको छ, जुन जनसंख्याको झण्डै एक प्रतिशत हो।
अमेरिकामा मृत्युको प्रमुख १० कारणमा पहिला आत्महत्या पनि पर्थ्यो, अहिले त्यो स्थान कोरोनाले लिएको छ। रिपोर्टअनुसार गत वर्षको अपेक्षाभन्दा करिब १६ प्रतिशत अधिक मृत्यु भएको छ। कोरोनाले त्यहाँ साढे पाँच लाखजनाको ज्यान लिएको छ।
एजेन्सीको सहयोगमा
१९ चैत २०७७, बिहीवार १७:०२ बजे प्रकाशित












