करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

डडेल्धुरामा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु भएको छ।

जिल्लाको अजयमेरु गाउँपालिका–१ महरा गाउँकी २२ वर्षीया धना बोहराको करेन्ट लागेर मृत्यु भएको हो ।

बिहीबार रुखमा चढेकी उनलाई रुखमा छोएको नाङ्गो बिजुलीको तारबाट करेन्ट लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी गराए ।
उनका अनुसार घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।


१९ चैत २०७७, बिहीवार १६:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु