थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभरमा १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।

बिहीवार १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज कोभिडको कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २ लाख ७७ हजार ४ सय ६१ जनामा कोरोना भाइरसको संक्रमणको पोजेटिभ देखिएको छ।

अहिलेसम्म देशभर २२ लाख ७५ हजार ५ सय ४० जना मानिसको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। कोभिड १९ सङ्क्रमण भएका ३ हजार ३१ जना मानिसको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।


१९ चैत २०७७, बिहीवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु