धनगढीमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

नेपाल कम्युनिष्ट पार्टी एमाले (माधव समूह)को भातृ संगठन युवा संघ नेपालले धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले नेता माधव नेपाल र भीम रावललाई कारबाही गरेको विरोधमा पुत्ला दहन गरेको हो ।

जनमतको भावना विपरित नेता द्वय नेपाल र रावल माथि कार्यवाही गरेको विरोधमा युवा संघ नेपालका सुदूरपश्चिम अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

पुत्ला दहनपछि युवा संघका नेताहरुले केपी शर्मा ओलीको विरोध र भीम रावलको पक्षमा नाराबाजीसमेत गरेका छन् ।

नेकपा एमालेले अध्यक्ष केपीशर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ ।


१७ चैत २०७७, मंगलवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु